देउवालाई हिजो ज्ञानेन्द्रले उचाले आज प्रचण्डले मोहरा बनाउदैं छन् : शंकर पोखरेल

​​​​​​​काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डले प्रधानमन्त्री देउवालाई आफ्नो मोहरा बनाएको बताउनु भएको छ । 

सामाजिक सञ्जाल फेसबुक मार्फत महासचिव पोखरेलले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मोहरा बनाएको बताउनु भएको हो। 

महासचिव पोखरेलले देउवाकै कारण प्रतिगमन भएकाले तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरेको खुलासा गर्नु भएको छ । देउवाले प्रतिनिधिसभा विघटन गरेपछि ०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवा चुनाव गराउन असक्षम रहेको घोषणा गर्दै उनलाई बर्खास्त गरेको खुलासा गर्नु भएको हो ।

देउवा पुनः २०६१ सालमा प्रधानमन्त्री भएपछि गोरखाका राजाबाट न्याय नमिलेको बताएका पछी २०६१ माघ १९ मा ज्ञानेन्द्रले अपदस्थ गरेर शासन सत्ता आफ्नो हातमा लिएको बताउनु भएको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १० : ११ बजे