काभ्रेपलाञ्चोक । कोरोना संक्रमण दर बढ्दै गएपछि मालपोत कार्यालय काभ्रेले सोमबारदेखि पाँच दिनका लागी सेवा प्रवाह बन्द गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले माघ १४ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरेको जनाएको हो ।
कर्मचारीलाइ समेत कोरोना संक्रमण पुष्टी भएको र धेरै कर्मचरीलाई कोरोनासँग मिल्ने विभिन्न लक्षणहरु देखा परेको भन्दै सेवा प्रवाह बन्द गर्नु परेको मालपोत कार्यालयले जनाएको छ ।
मालपोत कार्यलयले अत्यावश्यक सेवा रआन्तरिक प्रशासनिक कार्यहरु बाहेकका यस कार्यालयबाट प्रदान गरिने अन्य नियमित सेवाहरु स्थगित गरिएको सूचनामा उल्लेख गरेको छ ।
प्रकाशित मिति : ९ माघ २०७८, आइतबार ५ : ०० बजे
प्रतिक्रिया