थप ६ हजार ४६२ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १७ हजार ४३७ जनामा परिक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप १ हजार ४१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६५५ पुगेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ४ : ३० बजे