स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालले बन्द गर्‍यो खोप कार्यक्रम 

​​​​​​​काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ । 

कोरोनाविरुद्धको खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पातलले जनाएको छ । 

यसबारे अस्पतालले जारी गरेको सूचना

यस अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू ५० जना भन्दा बढी कोभिड–१९ बाट संक्रमित हुनु भएकोले यस अस्पतालमा संचालित कोभिड-१९ विरुद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ १० देखि २०७८/१०/१६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौं।

निर्देशक

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ४ : २३ बजे