लिपुलेकमा भारतले एकतर्फी संरचना निर्माण गर्दा सरकार  निरीह र लाचार बन्यो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू–भागमा भारतले एकतर्फी संरचना निर्माण गरिरहँदा सरकार मूकदर्शक बनेर निरहिता प्रकट गरेको बताउनुभएको छ ।  

आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूक दर्शक बनेको बताउनुभयो । ‘अहिले मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखा परेका छन् । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा विदेशीहरूका लागि कम्फर्टेबल बन्ने वचनबद्धतासहित गठन भएको सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको छ,’विज्ञप्तीमा भनिएको छ ।  

विज्ञप्तीमा भारतीय सुरक्षाकर्मीद्वारा तुइन चुँडाइएर महाकालीमा बेपत्ता पारिएका जयसिंह धामी प्रकरणमा पनि सरकार लाचार बनेको उल्लेख छ ।  

विद्दप्तीमा चीनसँगको सीमा विवाद सम्बन्धमा गठन भएको समितिले बनाएको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरिएको छ  । 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  २ : २८ बजे