प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । 

 प्रचण्डको सचिवालय स्रोतका अनुसार  दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा दाहाललाई कोरोना पुष्टि भएको हो । हाल उनको मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ । उनमा निमोनियासमेत देखिएको र अहिले स्वास्थ्य अवस्था स्थिर रहेकाे बताइएकाे छ । 

केहीदिन अघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो ।  उनलाई नेगेटिभ आएलगत्तै सीतालाई पोजेटिभ देखिएको हो ।

सीता लामो समयदेखि दुर्लभ पार्किन्स रोगबाट पीडित छिन् । उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्यलाभ गरिरहेकी छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १२ : ४१ बजे