एमाले अध्यक्ष ओलीलाई कोरोनाभाइरस संक्रमण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष ओलीलाई सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गर्नुभएको थियो ।

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले अध्यक्ष ओली आफ्नो निवासमै होम आइसोलेसनमा बस्नुभएको छ । डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले  पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको उहाँको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ११ : १२ बजे