आज एमालेका अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्नुहुने भएको छ।

नेकपा एमालेको थापाथली स्थित केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिनुभएको छ । 

आजको पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचन, प्रधानमन्त्री देउवाले सम्बोधनमा भनेको विकास निर्माणका कामहरुको वास्तविकता र समग्र राजनीतिक परिस्थितीका बारेमा एमालेको धारणा सावर्जनिक गर्ने तयारी रहेको छ । 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ३१ बजे