चीनबाट आयो अनुदान स्वरुप २० लाख सिरिञ्ज

काठमाडौँ – कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । 

    आज उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । आज हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताउनुभएको छ । 

रासस

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ११ बजे