भारतद्वारा दशगजामा सुरक्षा पोष्ट खडा, सरकार मुकदर्शक

काठमाडौँ – भारत सरकारको सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा सुरक्षा पोस्ट बनाएको छ ।  विराटनगर महानगरपालिकाको सीमावर्ती दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड) मा भारतीय सुरक्षा बलले पोस्ट बनाएको हो ।

भारतले एक महिना अघि  विराटनगर महानगरपालिका-१६ दरैया र  जोगवनीस्थित टिकुलियाको बीचमा पर्ने दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड) मा आफ्नो सुरक्षा पोस्ट खडा गरेर एसएसबीको टोली तैनाथ गरेको छ ।

दुई देश बीचको सिमानामा कुनै पनि देशले  कुनै पनि प्रकारको संरचना बनाउन वा गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानूनमा उल्लेख गरेको छ । तर भारतले अन्तर्राष्ट्रिय कानूनको धज्जी उडाउँदै दशगजा क्षेत्रमा सुरक्षा पोस्ट बनाएर नेपालको गतिविधि नियालिरहेको छ । 

संरचना तयार पारेर बसेका एसएसबीले त्यहाँका नेपाली नागरिकलाई चेकजाँच गर्ने, धम्क्याउने र दुर्व्यवहार गर्ने गरेको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ०० बजे