एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

हार्दिक श्रद्धाञ्जली   

किन फर्किन्छ घुमेर त्यो उज्जण्ड जेष्ठ तीन
मदन-आश्रित निलिदिने अघोरी कालोदिन
नवीन सिद्धान्तका प्रणेता मारिएको कुदिन
बहुदलीय जनवादका स्रष्टा अस्ताएको दिन

मुक्तिको दियो ध्याप्पै निभाउने निष्ठुरी दिन
आशा र विश्वासका नेता गुल्ट्याउने दुर्दिन
संसारभरका जनवादी सबै मुर्छाएको दिन
मुक्तिकामी जनलाई धुरुधुरु रुवाउने दिन

भक्कानो फुटेर आँशु भेल मन्सिएकाे दिन
आङ्ग सिरिङ्ङ बनाई दिने अभिशप्त दुर्दिन
गगनमा कालो बादल मडारिएको त्यो दिन
देशै भरी आक्रन्दन फैलाईदिने त्यो कुदिन

लाखौंलाख मनको त्यान्द्रो चुंडिएको दिन
कम्युनिष्ट आन्दोलन टुहुरो बनाउने कुदिन
हत्यारा नठिंग्याई फर्किन्छस् हे दिन किन
माउरो बस्न लागेको घाउ फेरि काेट्याउन

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ८ : ५० बजे