एकैदिन १० हजार २५४  जनामा कोरोनाको संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट २० हजार १८७ जनामा परिक्षण गर्दा १० हजार २५४ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ७०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आज काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० संक्रमित थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६५१ पुगेको छ ।

 

 

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : २३ बजे