बाबुरामको बकबकमा बास्कोटाको प्रतिवादः विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लिदैन

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र फासीवादी हिट्लर दाजुभाइ भएको टिप्पणी गर्नुभएको छ ।

भट्टराईले नेकपा एमालेलाई फासीवादी तत्त्व भएको आरोप लगाएपछि बाँस्कोटाले जवाफ दिनुभएको हो ।

बास्कोटाले रोल्पाको हारजंगमा ८ जना नागरिकलाई घरभित्र थुनेर जिउँदै जलाएर मारेको र चार वर्षीया वालिका काजोल खातुनलाई बसभित्र जलाएर मारेको भन्दै बाबुराममाथि कटाक्ष गर्नुभएको हो । 

बास्कोटाले बाबुराम भट्टराईले एमालेलाई बारम्बार हिटलरसँग तुलना गर्न खोज्नुको अर्थ माग्दै हिटलरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता नरहेको उल्लेख गर्नुभएको छ । 

माओवादी युद्धको बेला रोल्पाको हारजंगमा ८ जना एमाले समर्थकलाई घरभित्रै आगो लगाएर मारिएको थियो । बास्कोटाले सोही घटना बाबुरामलाई स्मरण गराउनुभएको हो । बास्कोटाले खुलम खुल्ल ज्यान मार्ने धक्की दिने प्रदेश २ की मन्त्री रेनुलाई बचाउन बाबुराम भट्टराइले सार्वजनिकरुपमा धम्की दिइरहेको भन्दै उनलाई विदेशी ऐजेण्डा बोक्ने दालालको शज्ञा दिनुभएको हो । 

बास्कोटाले बाबुरामलाई जवाफ दिदै भन्न्ुभएको छ – ‘सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाई हुन।रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवस्यक छैन । विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन।’

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  २ : ०७ बजे