सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

निर्वाचनको मिति तोक्ने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा नेकपा एमाले सहभागी नहुने भएको हो । यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले स्थानीय निर्वाचन नगर्ने नियतका साथ सर्वदलीय बैठक बोलाएको आरोप लगाएको छ । एमालेले समसाहिक विषयमा आफ्नो धारणा राख्न भोली आइतबार पत्रकार सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : ५९ बजे