साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि चार अर्ब ३२ करोडको सहमति

काठमाडौँ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ३१ करोड ८५ लाख ६० हजार बराबरको सहमति दिएको छ ।  

मन्त्रालयले आइतबार  २६  केन्द्रीय अस्पताल र नौ  प्रादेशिक अस्पतालमा भेन्टिलेटर तथा अक्सिजन प्लान्ट र  ट्यांकका लागि रु दुई अर्ब  ९५ करोड २० लाख बराबरको सहमति दिएको हो ।

मन्त्रालयले विज्ञप्तिमार्फत केन्द्रीय र प्रादेशिक गरी २५  अस्पताललाई एचडियु स्थापनाका लागि रु एक अर्ब ३६ करोड ६५ लाख ६० हजारको सहमति दिइएको जनाएको छ । 

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरुप मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो । 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : २० बजे