‘प्रधानमन्त्रीको सम्बोधन असफलता ढाकछोप मात्रै’

‘काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गषेर्कण विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधन असफलता ढाकछोप गर्ने तुष्टि मात्रै भएको बताउनुभएको छ । उहाँले सरकारको असफलता ढाकछोप गर्ने प्रपञ्चमा लागेको बताउनुभयो । 

आर्थिक वृद्धि, पुँजीगत खर्च, संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन र जनतालाई आशा जगाउने हिसाबमा सरकार पूरै असफल भएको  विष्टले बताउनुभयो । 

प्रधानमन्त्री देउवाले शुक्रवार गरेको सम्बोधनपछि प्रतिक्रिया दिँदै सचिव विष्टले सरकारको ६ महिना सम्पूर्ण रूपले असफलतामै केन्द्रित रहेको बताउनुभयो  ।

सम्बोधनका क्रममा देउवाले ६ महिनामा शान्ति सुरक्षा कायम भएको, आर्थिक क्रियाकलाप बढेको र जनतामा सरकारप्रति आशा बढेको बताएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ६ : ४० बजे