काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट २३ हजार ९२ जनामा परिक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप ७६६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन् ।
आज काठमाडौंमा ४२ सय ७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६३५ पुगेको छ ।
प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार ४ : २६ बजे
प्रतिक्रिया