यी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु नहुने

​​​​​​​काठमाडौं – उपत्यकाभित्र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनहरुमा जोरबिजोर प्रणाली लागु नहुने भएको छ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले औषधि एवं स्वास्थ्य सामग्री‚खाद्यान्न‚ तरकारी‚ दुधजन्यवस्तु‚ग्यास‚ पानी, पत्रकारका सवारीसाधन तथा एम्बुलेन्स लगायतलाई जोरबिजोर प्रणाली लागु नहुने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागु हुने बताउनुभयो। उहाँले  सरकारी साधन, कूटनैतिक नियोजनका सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागु नहुने प्रजिअ शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १ : ४३ बजे