काठमाडौं – नेपाल आयल निगमले आजबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।
आज राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको खुद्रा मूल्यमा दुई रुपैयाँ प्रतिलिटरको दरले वृद्धि गरेको हो।
निगमले मूल्य वृद्धि पश्चात अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँ र हवाई इन्धनको मूल्य ७८ रुपैयाँ हुनेछ।
निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार ९ : १४ बजे
प्रतिक्रिया