यस्तो छ आजको विनिमय दर

पाकिस्तानमा बिस्फोट; तीन जनाको मृत्यु

लाहोर – पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ । बिस्फोटमा २० जनाभन्दा बढी घाईते भएका छन् । बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ । 

बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन् । बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ । बिस्फोटपछि सबारी साधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

एजेन्सी

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : २१ बजे