प्रचण्ड देशकै समस्या भन्दै माओवादी उपाध्यक्षले रोजे एमाले

कैलाली । भट्टाभट नेकपा माओवादी केन्द्रका प्रभावशाली हस्तीहरु धमाधम एमालेमा भित्रन थालेसँगै सुदरपश्चिममा माओवादी केन्द्र कमजोर बन्न पुगेको छ ।  

एमाले सचिव लेखराज भट्टले माओवादीमा रहेका इमान्दार नेता कार्यकर्ता जति सवै भित्र्याउने अभियान चलाएसँगै सुदुरपश्चिममा माओवादी थप कमजोर बन्न पुगेको हो । एमाले भित्रनेहरु सबैले  पुष्कमल दाहाल प्रचण्डको भ्रमबाट मुक्त भएको भन्दै एमाले राजेको बताउने गरेका छन् । अहिले सुदरश्चिममा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ।

यही क्रममा प्रचण्डका दाहिने हात मानिने गोदावरी नगरपालिका–४ माओबादी केन्द्रका उपाध्यक्ष नरेश बहादुर सिंह आफ्नो टीमसहित नेकपा एमाले प्रबेश गर्नुभएको छ । सिंहलाई  एमाले सचिव लेखराज भट्टको उपस्थितीमा एमालेमा प्रबेश गराइएको हो । सचिब भट्टले उहाँलाई खादा र अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो । सो क्रममा भट्टले अव सुदुरपश्चिममा मात्रै नभई देशभरका माओवादीमा रहेका इमान्दार नेता कार्यकर्ता एमालेमै फर्कनुको बिकल्प नरहेको बताउनु भयो ।एमाले प्रवेश गरेपछि सिंहले प्रचण्ड मुलुककै समस्या हो भन्ने कुरा पुष्टि भएको बताउनुभयो ।   

मोओबादी केन्द्रको निती, बिचार र सिद्धान्त मुलुक बनाउने होइन, बिगार्ने र अस्थिरता मच्चाउने रहेको तथ्य बोध गरेपछि सो पार्टी परित्याग गरेको सिंहले बताउनु भयो ।

पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट, वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र रोक्का मगर, जिल्ला कमिटी सदस्य हितेश ओझा लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ४ : ०४ बजे