राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन विरुद्ध मधेसमा एमाले– लोसपा गठबन्धन

काठमाडौं ।  माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीच गठबन्धन गर्ने सहमति भएको छ । 

सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एक अर्कालाई मतदानमा सघाउनेछन् । 

बिहीबार नेकपा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनल बीच निर्वाचनको लागि गठबन्धन गर्ने सहमती भएको हो । 

आज जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गर्दै  दुवै दलले निर्वाचनमा एक अर्कालाई सघाउने घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ, मधेस प्रदेश संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनललगायतका नेता कार्यकर्ता  सहभागी हुनुहुन्थ्यो ।

एमालेका विरोधमा देशैभर काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच गठबन्धन छ । 

​​​​​​​

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ३ : २५ बजे