बन्द गर नौटङ्की, कम्तीमा जनतालाई सिटामोल त देऊ ! 

राज्यको सबैभन्दा ठुलो सम्पत्ति जनता हुन् भने सरकारको सबैभन्दा ठुलो दायित्व जनताको जिउधनको सुरक्षा गर्नु हो । प्रतिपक्षमा हुँदा सरकारका कोरोना महामारीका विषयमा भाषण गरेर नथाक्नेहरू अहिले सत्तामा छन् । 

जति बेला गठबन्धनका महानायकहरू आन्तरिक र बाह्य प्रतिपक्षमा थिए, त्यतिबेला यो करोनाको महामारी नयाँ थियो । यसका बारेमा अध्ययन अनुसन्धान हुँदै थियो । यसका सङ्क्रमितहरूको व्यवस्थापन कसरी गर्ने, यसको रोकथाम कसरी गर्ने आदि सबै अन्योल थियो । खोप बनिसकेको थिएन, बनिसक्दा पनि सहजै उपलब्ध हुने अवस्था थिएन । यस्तो अवस्थामा पनि तत्कालीन सरकारले यसको व्यवस्थापन तथा रोकथामका लागि भरमग्दुर प्रयत्न गरेको देखिन्थ्यो । आकस्मिक विषय भएकोले भनेजति व्यवस्थापन मिलाउन गाह्रो थियो ।  

तर, यतिबेला रु यतिबेला मानिसहरू सचेत भएका छन् । पूर्वाधारहरू बनेका छन् खोप उपलब्ध हुन सक्ने अवस्था छ । यस्तो हुँदा पनि कोरोनाको अर्को अवतार (भेरियन्ट) ओमिक्रोनको नाममा समुदाय स्तरमा फैलिएको छ । सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । गठबन्धन सरकारका नेताहरू भने स्थानीय चुनाव जतिसक्दो पर सार्ने र संसदीय चुनाव समय अगावै गर्ने तयारीमा घुँडोमुन्टो जोतेर लागेका छन् । सत्ताधारी बढ्दो महामारीबाट आक्रान्त जनताको जिउधनको सुरक्षाभन्दा प्रमुख प्रतिपक्षका विरुद्ध चुनावी गठबन्धनको खेलमा लाग्नु दुःखद विषय हो । स्कूल, कलेज बन्द गरेर र अन्यत्र सङ्ख्यात्मक बारबन्देज गरेर मात्र महामारीलाई जित्न सकिँदैन । यति कुरा त सरकार चलाउनेहरूले बुझ्नुपर्ने होइन र ?  

समाचार माध्यमहरूमा २५ लाख डोज खोप हराएको वा यसको हिसाब नदेखिएको समाचार सम्प्रेषण भइरहँदा पनि सरकारले यसबारे आमजनतालाई सत्यतथ्य बताएर चित्त बुझाउन सकिरहेको छैन ।  

यी सबै एकातिर छन् । राजनीतिक दाउपेच र कसिकसाउ आफ्नो ठाउँमा जे होला । तर, बढ्दो सङ्क्रमणका बिरामीहरूले सिटामोल पाइरहेका छैनन् । चिकित्सकहरू ओमिक्रोन÷कोभिड सङ्क्रमितहरूलाई ज्वरो आउँदा सिटामोल खाने सल्लाह दिन्छन् । बजारमा सिटामोल उपलब्ध छैन । सिटामोलजस्तो सामान्य औषधि उपलब्ध गराउन नसक्ने सरकारले जनताको जिउधनको सुरक्षा कसरी गर्न सक्ला रु सरकार १ अरू विषय आफ्नो गतिमा गतिशील गराऊ, समयमा निर्वाचन गर । सङ्क्रमित र उनीहरूका परिजनको चीत्कार छ — यतिबेला कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमितहरूलाई आफ्नै पैसाले किनेर खाने गरी कम्तीमा सिटामोल त उपलब्ध गराऊ !

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  २ : ४० बजे