दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कांग्रेस वडा सचिवले गरे बलात्कार, शिक्षिका नै घटनाको मतियार

उदयपुर । उदयपुरमा एक विद्यालयको शिक्षिकालाई जबरजस्ती करणीमा सहयोग पु¥याएर मतियारको काम गरेको आरोप लागेको छ । उनलाई एक छिमेकी पुरुषबाट स्थानीय अशक्त महिलालाई जबरजस्ती करणी गराएको आरोप छ ।

आरोप लागेको शिक्षिका जिल्लाको चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुर स्थित अपराहा बस्ने बर्ष ४८ को देवीकुमारी राई रहेकी छिन् । उनी स्थानीय आदर्श आधारभूत विद्यालयकी शिक्षिका हुन् । उनले एक छिमेकी पुरुषबाट स्थानीय बोल्न सुन्न नसक्ने अशक्त महिलालाई जबरजस्ती करणी गराएको पीडितले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।

शिक्षिकाले आफूलाई ललाई फकाई उनको छिमेकी पुरुषसँग जान र विवाह गर्नसमेत भनेको पीडितको किटानी जाहेरीमा उल्लेख गरिएको छ । अहिले शिक्षिका राई उदयपुर जिल्ला अदालतमा पैँतीस हजार रुपैयाँ नगद धरौटी राखेर तारेखमा छुटेकी छिन् भने छिमेकी भनिएका पुरुष तिलक बहादुर राई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

थुनामा रहेको राई नेपाली कांग्रेस चौदण्डीगढी नगरपालिका ८ का वडासचिब हुन् । उनीहरूलाई अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी सम्बन्धीको मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  १० : ४० बजे