साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य मन्त्रालयलाई ४ अर्बभन्दा बढीको स्रोत सुनिश्चित

काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि  ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमति दिएको छ ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रूपैयाँको सहमति दिएको हो ।

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार कोभिड(१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले सो स्रोत सुनिश्चित गरेको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : ३१ बजे