यस्तो छ आजको विनिमय दर

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

​​​​​​​काठमाडौं–  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

बुधबार निगमद्वारा जारी विज्ञप्तिमा पेट्रोल र डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेलको मूल्य  १२२ रुपैयाँ पुगेको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।

त्यस्तै निगमले आन्तरिक हवाई ईन्धनमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरेको छ भने अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ९ : ०० बजे