सेयर बजारमा ३८ अङ्कको गिरावट

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३८ अंकले घटेको छ। नेप्से ३८ अङ्कले घटेर दुई हजार ८९८.३१ अंकमा आइपुगेको छ। । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज कूल २ सय २८ कम्पनीको १ करोड १८ लाख कित्ता शेयर ६ अर्ब रुपैयाँ भन्दा बढीको खरिद बिक्री भएको छ । आज  २० कम्पनीको शेयर मूल्य बढ्यो, १६५ कम्पनीको शेयर मूल्य घटेको थियो भने ६ कम्पनीको मूल्य  स्थिर रहेको छ।

बुधबार बैंकिङ १४, विकास बैंक ६३, फाइनान्स ५२, होटल तथा पर्यटन ७८, जलविद्युत ५९, जीवन बीमा २२५, उत्पादन १०९, लघुवित्त ७६, निर्जीवन बीमा ११७, अन्य ६० र व्यापार उपसमूह ८० अंकले घटेको थियो ।

आज सबैभन्दा धेरै अपि पावरको २० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने अरुण भ्यालीको २० करोड, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड , अपर तामाकोशीको १५ करोड  र सूर्य लाइफ इन्स्योरेन्स १४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

त्यस्तै सबैभन्दा धेरै कमाउनेमा बुद्धभूमि नेपाल जलविद्युत, सामलिङ पावर कम्पनी, साँग्रिला विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक र छ्याङ्दी जलविद्युतका सेयरधनीहरु रहेको छन् भने बढी गुमाउनेमा बुधबार घलेम्दी हाइड्रो, कालिका लघुवित्त, ग्लोबल आइएमई समुन्नत स्किम-१, मध्यभोटेकोशी जलविद्युत र गुहेश्वरी मर्चेन्ट बैंकका सेयरधनीहरु रहेको छन्।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ४ : ०९ बजे