यस्तो छ आजको विनिमय दर

अष्ट्रेलियामा आपतकाल घोषणा

काठमाडौं । अस्ट्रेलियामा एकैदिन कोरोना संक्रमणका कारण ७६ जनाको मृत्यु भएपछि ३ वटा राज्यमा आपतकाल घोषणा गरेको छ । अस्ट्रेलियाको न्यू साउथ वेल्स, भिक्टोरिया र क्विन्सल्यान्ड राज्यमा आपत्काल घोषणा गरिएको हो ।

अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टका अनुसार  दैनिक ७३ हजारलाई कोरोना संक्रमण हुन थालेपछि ५७ हजार स्वास्थ्यकर्मी थपिएको जानकारी दिएका छन् । अष्ट्रेलियामा अहिले स्वास्थ्यकर्मीहरुले हप्ता बिदा समते लिन नपाउने नियम लागु भएको छ ।

अष्ट्रेलियामा कोरोना संक्रमणको कारण एकै दिन ७६ जनाको मृत्यु भएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ९ : ०९ बजे