आज हिमपातकाे सम्भावना, भाेलि सातै प्रदेशमा वर्षाकाे आँकलन

काठमाडाैं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेकाे छ ।

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । 

बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : १७ बजे