सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

निजी अस्पतालको बदमासी : तीन वटा अस्पतालमा जाँच्दा तीन वटै रिपोट फरक–फरक

​​​​​​​घटना नं. १

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका कुमार आचार्यलाई पुस २१ गते एकाएक पेट दुख्यो । मेलम्चीस्थित मेलम्ची हस्पिटल प्रा.लिमा स्वास्थ्य परीक्षण गर्दा किड्नीमा पानी जमेको भनियो । ५.५ एम एमको ढुङ्गा रहेको र तत्कालै अप्रेसन गरिहाल्न आचार्यलाई अस्पतालका चिकित्सकले सुझाव दिए । उक्त अस्पतालले दायाँ पटी पत्थरी छ भनेर भन्यो । तत्कालै अप्रेसन नगरे किड्नीले काम नगर्ने समेत भनेर अत्त्याइयो । त्यहाँ उनीबाट चेकअपको ७ हजार रुपैयाँ असुल गरियो र अन्तै कुनै अस्पताल जान भनियो ।  उनी स्वास्थ्य परीक्षणका लागि चारै तिर भौतारिए । तर, कतै न भए पछि बनेपाको के.पि पोलिक्लिनक अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने उनले निधो गरे । पुनः स्वास्थ्य परीक्षण गराउँदा बायाँ पटी पत्थरी रहेको भनियो । त्यहाँबाट फेरी निराश भएर उनी धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुगे ।

आचार्य पुस २९ गते धुलिखेल अस्पताल पुगे । त्यहाँ उनले सबै चेकजाँच गरे  । अस्पतालले आचार्यको किड्नीमा पानी नजमेको पुष्टि गर्‍यो  । धुलिखेल तत्कालले कुनै अप्रेसन गर्नु नपर्ने बतायो । पानी खाएरै केही दिनमा पत्थरी जाने र किड्नीलाई कुनै असर नभएको धुलिखेलका चिकित्सक निशा गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो रिपोर्ट गलत छ । त्यस्तो औषधी पनि दिने हो, मान्छेको जीवनमाथि खेलबाड गर्ने कार्य पनि गर्ने हो’, उहाँले भन्नुभयो ।

घटना नंं. २

आचार्यको जस्तै केही समय अघि मात्र इन्द्रावती ५ का रामनाथ लुईँटेलाई एकाएक पेटमा समस्या आयो  । छर छिमेक सबै मिलेर मेलम्ची हस्पिटल ल्याए । २ दिन त्यही भर्ना गरेर राखियो । रिपोर्ट आयो आन्द्रा कुइन लागेको । छिटोभन्दा छिटो अप्रेसन गरिहाल्न हस्पिटलले भन्यो । तर,काठमाडौँको छाउनीमा गएर चेकअप गर्दा अप्रेसन गर्न नपर्ने र बिरामी त्यति धेरै जटिल नभएको रिपोर्ट आयो । लगत्तै उनलाई  केही समय पछि निको पनि भयो  ।

आचार्य र लुइँटेल त प्रतिनिधि पात्र मात्र हुन् उनीहरू जस्तै दैनिक जसो कुनै न कुनै स्वास्थ्य समस्या लिएर मेलम्ची हस्पिटल प्रा.लिमा पुग्ने गरेका धेरै जसो बिरामीहरू अस्पतालले भनेका अनावश्यक चेकजाँचबाट मात्र दिक्दार छैनन् खासै जटिल नदेखिएका रोगहरुमासमेत अस्पतालले अत्त्याएकोमा आक्रोश पोख्छन् । 

पीडित के भन्छन् ?

‘आफूमाथि यस्तो षड्यन्त्र परेर हस्पिटल आउँदा यहाँका कर्मचारीले मलाई यहाँ किन आइस भनेर थर्काए’,उनले भने । मलाई अस्पतालका कर्मचारी मिलेर घेराबन्दीमा पारेर कुट्न आटेका थिए । पत्रकार साथीहरूलाई बोलाएको थिए र उम्किए’, अस्पतालको रिपोट गलत भएको बताउन आएका एक बिरामीले भने ।

‘मान्छेको जीवन माथि यस्तो क्रियाकलाप गर्ने हो  मैले यही कतै अप्रेसन गरेको भए मेरो जीवन के हुन्थ्यो मेरो शरीरको जिम्मेवारी कसले लिन्थ्यो ?’,उनले गुनासो गर्दै भने । 

मेलम्ची ११ की सीता न्यौपाने यो अस्पताल बिरामीहरूको संवेदशिलता माथि  खासै जिम्मेवारी नभएको गुनासो गर्छिन् । ‘यो अस्पतालको कमजोरी अहिले मात्र हैन । यो त पटक पटक भइरहेको छ । खै के हो मानिसको जीवनमाथि किन यसरी खेलबाड गरेको हो’,उनले प्रश्न गरिन् । 

 मेलम्ची १२ का विवेक धितालले पनि आफ्नो श्रीमतीलाई दायाँ पटी पत्थरी भएको रिपोर्ट देखाएको र काठमाडौँमा चेकअप गर्दा बायाँ पटी रहेको बताए । ‘यो हस्पिटल त झूटको खेती गर्ने रहेछ । खै योग्य डाक्टर नभएको हो कि व्यवस्थापन नै त्यस्तो हो’,उनले भने ।

हस्पिटल के भन्छ ?

हामीले त शङ्का लागेको कुरा गरेका हौ,हैन रहेछ त के गर्नु ? हस्पिटलका चिकित्सक मिलन खड्काले भने । पानी जमेको भन्ने लागेर भनेको हो यसरी जमेको पानीलाई अप्रेसन गरेर फ्यालिएन भने के हुन्छ ? त्यसैले शङ्काको भरमा भनेको हो’, उनले भने ।

मेलम्ची हस्पिटलले बिरामीहरू माथि आएको फरक फरक रिर्पोटका विषयमा खासै  संवेदनशीलता देखाएको पाइएन । आफ्नो कमजोरीलाई पनि हस्पिटलले हामीले त शङ्का लागेर भनेको भन्दै पन्छिनुले हस्पिटल कसरी चलेको छ सोझै अनुमान लगाउन सकिन्छ । आफ्नो कमजोरी सुर्धान भन्दा पनि विषयवस्तुलाई सामसुम पार्दै थप बिरामीसँग रकम झार्न हस्पिटल लागिरहेको पीडितहरूको गुनासो  छ । 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ५ : ५० बजे