‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमालेको विवाद समाधानका लागि  १० सदस्यीय कार्यदल गठन 

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं इमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच  भएको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने निर्णय भएको हो ।

कार्यदलमा दुवै पक्षका ५÷५ जना सदस्य बनाउने निर्णय गभएको बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनुभयो  । जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट हुन्ह्न्छ  ।

त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ ।

‘कार्यदलले तीन दिनभित्र खाका तयार गर्नेछ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ३ : ३९ बजे