एकैदिन १० हजार २५८ जनामा कोरोनाको संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट २२ हजार ८२८ जनामा परिक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ५६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ जना रहेका छन् ।

गत २४ घण्टामा उपत्यकामा मात्रै ५ हजार ५४९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९७५ र भक्तपुरमा ९७५ जना संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६२४ पुगेको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : २१ बजे