पिर्के सलामीको प्रश्नले रामकुमारी खुत्रुक्कै

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री पत्रकारको एउटै प्रश्नले चुप चाप  बनेकी छिन् । सोमवार आफ्नो सय दिने प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एक जना पत्रकारले तपाइलाई पिर्के सलामीको अनुभूति कस्तो भयो भन्ने प्रश्न गरेपछि झाँक्री नाजवाफ बनेकी हुन्  । 

पत्रकारले ‘हिजोका दिनमा पिर्के सलामी खानेहरूलाई कडा टिका टिप्पणी गर्नुहुन्थ्यो । तर तपाई मन्त्री हुनु भए पछि आफैले पिर्के सलामी खानुभयो ।  तपाईँलाई पिर्के सलामी खाँदै गर्दा कस्तो अनुभूति भयो ’,भन्ने प्रश्न गरेका थिए । उक्त प्रश्नमा झाँक्री नाजवाफ मात्र हैन उत्तर दिन नसकेर उल्टै पत्रकारसँग रिसाएकी थिइन् । आफ्नो बखान गर्न डाकिएको पत्रकारसहितको हल भने प्रश्नसँगै हाँसोले भरिएको थियो । 
यसो त पत्रकार सम्मेलनमा झाँक्रीले मन्त्रीपरिषद्को निर्णय तथा कोभिड प्रोटोकलको ठाडो उल्लङ्घन गरेकी थिइन् । 
मन्त्रीपरिषद्को बैठकले केही दिन अघि मात्रै कोरोना महामारीको बेलामा २५ जनाभन्दा बढी भेला वा जम्मा हुन नपाउने निर्णय गरे पनि झाँक्रीले आफ्नो १०० दिने प्रगति सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा एक सय भन्दा बढी सहभागी थिए । 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  २ : २१ बजे