‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

वाइडबडीले ल्यायो थप पाँच सय ५० अक्सिजन सिलिन्डर

काठमाडौं ।  नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको बेइजिङबाट ५५० अक्सिजन सिलिन्डर लिएर काडमाडौं आइपुगेको छ।

हिजो राति चीनको बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाजले खालि अक्सिजन सिलिन्डर ल्याएको हो।
गत मंगलबार चीनबाट ४५० अक्सिजन सिलिन्डर ल्याएको नेपाल एयरलाइन्सले आज ५५० सिलिन्डर ल्याएको हो।नेपालमा कोभिड महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै चीनले नेपाललाई २० हजार खाली अक्सिजन सिलिन्डर दिने घोषणा गरेको थियो।
चीनले दिएको २० हजारमा १८ हजार स्थलमार्गबाट तातोपानी नाका आउँदै छ भने २ हजार नेपाल एयरलाइन्सले ल्याउँदै छ।

नेपाल वायुसेवा निगमका अनुसार सोमबार र मंगलबार पनि चीनको बेइजिङबाट खाली अक्सिजन सिलिन्डर ल्याउनेछ। अहिले बेइजिङबाट आएको बाइडबडी राति ११ बजे फेरि बेइजिङ जाँदै छ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ३ : १६ बजे