साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आशिका फाउण्डेशन र ओम साइबाबा हस्पिटलले सञ्चालनमा ल्याए १० बेडको आइसुलेशन  

काठमाडौं ।  आशिका फाउण्डेशन ॐ साइबाबा मेमोरियल हस्पिटल को सहकार्यमा १० वडा बेड सहितको आइसलेशन सञ्चालनमा ल्याएको छ । 

फाउण्डेशनले काठमाडौंको ढुंगेधारा बनस्थलीमा सुविधायुक्त बेडसहितको आइसुलेन सञ्चालनमा ल्याएको हो । फाउण्डेशनले केही समयमै थप १० बेड थप्ने लक्ष्यका साथ काम भइरहेको फाउण्डेशनका उपाध्यक्ष सन्दिप बस्नेतले जानकारी दिनुभयो । आइसुलेनको तयारीका लागि विश्वमठ धर्म महासङ्घ केन्द्र सचिव हरि बुढाथोकी मार्फत रु १ लाख प्राप्त भएको बस्नेतले जानकारी दिनुभयो ।   

आशिका फाउण्डेनले विगत केही वर्षदेखि सरसफाइका क्षेत्रमा विविध अभियान र कार्यक्रम गर्दै आइरहेको छ । फाउण्डेशनले गरिब,बेसहारामा परिरहेका जनसमुदायलाई समेत सहयोग जुटाउँदै सहयोग गरिरहेको छ । फाउण्डेशनले पढ्न नसकिरहेका बालबालिकाको पहिचान गरी उनीहरूका लागि समेत कार्य गर्दै आइरहेको थियो । कोरोना महामारीको दोस्रो भेरियन्ट नराम्रोसँग फैलिएपछि फाउण्डेन कोरोना रोकथाम र उपचारका लागि सक्रिय भएको हो ।  

 

​​​​​​​

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  २ : ५६ बजे