काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १७ हजार ४६५ जनामा परिक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप ५४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६२३ पुगेको छ ।
प्रकाशित मिति : ३ माघ २०७८, सोमबार ४ : ४९ बजे
प्रतिक्रिया