-पूर्णचन्द्र भुसाल
जनताको सम्मान गर्ने
परचक्रीको शेखी झार्ने
राष्ट्रबादी झण्डा गाढ्ने
बीरपुर्खाको मान राख्ने
जनादेश शिरमा बोक्ने
देश विकास गर्न थाल्ने
इष्ट मित्र अङ्गाल मार्ने
सर्वसम्मत पार्न खोज्ने
गाउँ-शहर गुन्ज्यो बोली
हाम्रा प्रिय नायक ओली
चम्क संधै जनमन भरी
यहि माटोको मुहार फेरी
डाँडा पाखा बेंसी खोल्सी
हिमाल पहाड तराई भरी
सबै भन्छन् दिल खोली
तिमी एक्लो छैनौ ओली
चाहे गढ़ोस् काँडा बनको
चाहे परोस् पाउमै चड्को
हामी बोक्छौं केपी ओली
हामी ढल्न दिन्नौं ओली
पूर्व-पश्चिम एउटै लोली
बाँच अझै के.पी. ओली
बाँच अहिले बाँच भोलि
देशको कर्मठ पुत्र ओली
प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार ३ : १९ बजे
प्रतिक्रिया