‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

 प्रधानमन्त्रीको उपस्थितिमा सिंहदरबारमा सिसिएमसीको बैठक सुरु 

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक सुरु भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सिंहदरबारमा सिसिएमसीको बैठक सुरू भएको हाे । 

बढ्दो कोरोना भाइरसको दोस्रो भेरियन्ट संक्रमणसँगै यसको रोकथाम, व्यवस्थापन गर्नका लागि सिसिएमसीको बैठक बसेको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सीसीएमसीको बैठक सिंहदरबारा सुरु भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयाे। हिजो बालुवाटारमा प्रधानमन्त्री ओलीले अस्पतालका सञ्चालक, अक्सिजन उद्योगका सञ्चालक र सबै मन्त्रीसहित विज्ञहरुसँग छलफल गरेका थिए। सीसीएमसीले आज केही विशेष निर्णय गर्नसक्ने सम्भावना छ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  १ : ११ बजे