पूर्वमन्त्री बाँस्कोटाको सरकारलाई व्यंग्यः पुष्पकमल लहराले बेरेपछि रुखजति हल न चल

​​​​​​​काठमाडाैँ – नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले कोरोना नियन्त्रण र सीमा संरक्षणमा सरकारले केही  गर्न नसेको भन्दै व्यंग्य गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पूर्वमन्त्री बाँस्कोटाले छिमेकीले सीमा अतिक्रमण गर्दा र कोरोनाको संक्रमण व्यापक भएर घरघरमा पुग्दा समेत सरकारले केही गर्न नसकेको उल्लेख गर्नुभएको हो ।

पूर्वमन्त्री बास्कोटाले भन्नुभएको छ – ‘पेलाहा छिमेकीले कान्ला ताछ्दै आफ्नोखेतको क्षेत्रफल बढाउदै लगेको र ओमीक्रोनले एकएक गरेर घरका सबै सदस्यलाई सताउदै गरेको थाहै नपाइॅंदो रहेछ । सबै ठीक पार्छु भन्थे त देउवा खुट्खवर नै छैन । लौन, परमादेशी डाक्टर र झांक्री बोलाइदेऊ। चितवनको जंगलमा पाईने पुष्पकमल लहराले बेरेपछि रुखजति हल न चल ।’

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ३ : ३१ बजे