वीरगञ्जलाई राजधानी नबनाए कडा प्रतिकारमा उत्रिने युवाहरुको चेतावनी

वीरगञ्ज –  प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको घर अगाडी स्थानीय युवाहरुले प्रदर्शन गरेका छन् ।

प्रदेश नम्बर २ को  राजधानी वीरगञ्जलाई बनाउनु पर्ने माग गर्दै मुख्यमन्त्री राउतको घर अगाडी स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेका हुन्  ।

युवाहरुले वीरगञ्जको तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको निवास अगाडी विभिन्न नारा लगाउँदै वीरगञ्जलाई राजधानी नबनाए कडा प्रतिकार उत्रिने चेतावनीसमेत दिएका छन् ।

मुख्यमन्त्री राउतले वीरगञ्जलाई धोका दिएर प्रदेश २ को राजधानी जनकपुरको पक्षमा मतदान गर्ने पक्कापक्कै भएसँगै आक्रोशित युवाहरु आन्दोलनमा उत्रेका हुन् ।  प्रदेश २ को राजधानी जनकपुर की वीरगञ्ज भनेर मुख्यमन्त्री राउतले आफ्नो धारणा सार्वजनिक नगरेको, पद जोगाउन सम्झौता गरेको र वीरगञ्जसँग गद्दारी गरेको उनीहरुको आरोप छ । 

विभिन्न चरणमा भएको आन्दोलनहरुमा वीरगञ्जको धेरै योगदान रहेको र हरेक प्रकारले प्रदेश राजधानीको लागि उपयुक्त ठाउँ रहेको स्थानीय युवाहरुको बताएका छन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १२ : ०९ बजे