२४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ देशभर २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । ‘

विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ । भविष्यमा आउन सक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।

दिवसका अवसरमा मूल समारोह समितिले आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्दै छ । 

कार्यक्रममा निश्चित मानिस मात्र भौतिक रूपमा उपस्थित हुने र अरू सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिनुभयो । 

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

 

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : ४६ बजे