राष्ट्रपति भवनमा घटस्थापना

एमाले कालिकोट अध्यक्षमा जसीप्रसाद पाण्डे

कालिकोट ।  नेकपा (एमाले) कालीकोटको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी हुनुभएको छ । 

पाण्डेले निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई १ सय ३६ मतले पराजित गर्नुभएको हो । शुक्रवार अन्तिम मतगणनामा पाण्डेले २ सय३३ मत र शाहीले ९७ मत पाउनुभएको थियो । 

उपाध्यक्षमा दयाराम सिम्खडा ३ सय८० मत ल्याएर विजयी हुनुभएको छ भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी हुनुभएको छ । 

सहसचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी हुनुभएको नेकपा (एमाले) जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ७ : ५५ बजे