जीप दुर्घटनामा चारको मृत्यु

दमौली – तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

    जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उहाँले बताउनुभयो । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो । 

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १० : ५९ बजे