दुई रुपैयाँ दरको सिक्का आजदेखि बजारमा 

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दुई रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदै छ ।

साबिककै आकारमा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएका दुई रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैङ्कले हालै मात्र एक र दुई रुपैयाँ दरका सिक्का छापेको थियो ।

राष्ट्र बैङ्कका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वटा थोप्ला छन् । सिक्काको माथिल्लो भागमा अङ्ग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा दुई रुपैयाँ लेखिएको छ ।

सिक्काको बीच भागमा सात प्रदेश सहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथि पट्टी दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको छ ।

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : ०१ बजे