राष्ट्रपति भवनमा घटस्थापना

वर्तमान सरकारको ६ महिना उपलब्धिविहीन : प्रमुख सचेतक भट्टराई

काठमाडाैँ – नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले वर्तमान सरकारले ६ महिनाको अवधिमा उपलब्धिमूलक कुनै काम गर्न नसकेको बताउनुभएको छ  ।

आज काठमाडाैँमा भएको अन्तरक्रियामा भट्टराईले प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पूर्णता दिन तीन महिना र  ६ महिनाको अवधिमा    उपलब्धिविहीन रूपमा समय व्यतीत गरेको बताउनुभएको हो ।

सचेतक भट्टराईले नेकपा एमाले संसदीय व्यवस्था र अहिलेको राजनीतिक व्यवस्थाको लागि सदैव दृढ भएर उभिने बताउनुभएको छ । उहाँले वर्तमान सरकार बनेपछि अदालतभित्र चरम गुटबन्दी मौलाउँदै गएको समेत बताउनुभएको छ ।

साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले वर्तमान सरकारको बचाऊ गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरेका छन् भने सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले पनि सरकारको बचाउमा बोल्दै बलिदानपूर्ण सङ्घर्षबाट ल्याएको व्यवस्था र संविधान बचाउन सरकार पूर्णरुपमा सफल भएको जिकिर गरेका छन्  ।

 

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ६ : २८ बजे