‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

त्रिवि  शिक्षण अस्पतालका ६० स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालका निर्देशक दिनेश काफ्लेले त्यहाँ कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण पुष्टि भएका चिकित्सक र कर्मचारीहरू होम आइसोलेसनमा  रहनुभएको छ । 

सङ्क्रमितमध्ये धरैमा लक्षण नदेखिएको काफ्लेले बताउनुभयो । 

स्वास्थ्यकर्मीहरू बिरामी मार्फत कनट्याक्ट ट्रेसिङमा पर्नुभएकाे थियो । चिकित्सकहरूलाई कोरोना सङ्क्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ । 

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ५ : ५६ बजे