काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा आज रातिदेखि मदिरा तथा नशालु पदार्थ बेचबिखनमा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बिहीबार एक सूचना जारी गर्दै मध्यराति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा तथा नशालु पदार्थहरू बेचबिखनमा रोक लगाएको जानकारी दिएका छन् ।
उक्त आदेशको उल्लंघन गरेमा कारबाही गर्ने जनाएको छ ।
मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको मेयर पद र वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि निर्वाचन हुँदैछ । त्यस्तै काठमाडौं वडा नम्बर १६ मा पनि वडाध्यक्ष पदको लागि निर्वाचन हुँदैछ। आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।
निर्वाचन हुने सीमा क्षेत्रको ५०० मिटरभित्र पनि ती पदार्थहरू बेचबिखनमा निषेध गरिएको छ ।
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ५ : १३ बजे
प्रतिक्रिया