दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर प्राप्त

काठमाडौँ ।   राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । 

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा  सहयोगस्वरुप प्राप्त सिलिण्डर  निगमको वाइड बडी ए ३३० जहाजले साँझ काठमाडौँ ल्याएको हो । 

अक्सिजन सिलिण्डर लिन निगमको जहाज शनिबार बिहान मस्कट उडेको थियो ।

यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज शनिबार राति ११ बजे त्यसतर्फ गएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : ३४ बजे