काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।
उनलाई साँझ ५ बजेको बुद्व एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको हो । उनलाई कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि काठमाडौं ल्याउन लगिएको हो ।
लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ४ : १८ बजे
प्रतिक्रिया