काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म शिवम् सिमेन्ट सर्वोकृष्ट बन्न सफल भएको छ । अन्य सिमेन्ट कम्पनीहरुमध्ये शिवम् सिमेन्ट्स मात्र नाफामा देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा शिवम् ५ करोड ३४ लाख रुपैयाँ घाटामा थियो ।
सूचीकृत बाँकी ३ सिमेन्ट कम्पनी भने घाटामा छन् । यस कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी १ अर्ब ६२ करोडबाट घटेर १ अर्ब ४० करोड कायम भएको छ । बिक्री लागत भने १ अर्ब ४५ करोडबाट घटेर १ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।
कम्पनीको अन्य आम्दानी २ करोड १२ लाखबाट बढेर १० करोड ५७ लाख पुगेको छ । अन्य आम्दानी बढ्दा नाफा पनि बढेको हो । वित्तीय खर्च भने जम्मा २७ लाख रुपैयाँ रहेको छ । जुन सूचीकृत ४ कम्पनीहरुको भन्दा कम हो । शिवमको जगेडा तथा अन्य कोषहरु पनि अरु सिमेन्टको भन्दा धेरै छ ।
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ११ : ४६ बजे
प्रतिक्रिया